Pokhara University Regional Robotics Competition





Robotics Club, Pokhara University and Robotics Association of Nepal is jointly organizing Regional Robotics Competition on Ashwin 6 which is named as Yantra 2.2.

Students involved in technical studies as well as grade 12 students can also take part in the competition. This is the first Regional Robotics Competition in Western Region. According to Sudib Phuyal from Robotics Club, Pokhara University, students from Kaski, Nawalparasi, Rupandehi are taking part in the competition. Previously, Yantra 1.0, 2.0 took place in Kathmandu. Yantra 2.1 was held in Biratnagar. Yantra 3 is going to be held from Kartik 28 and 29.Pokhara University Robotics

 

पोखरा विश्वविद्यालयमा क्षेत्रीय स्तरको रोवोटिक्स प्रतियोगिता हुने :
असोज ०२, २०७१ । रोवोटिक्स क्लव, पोखरा विश्वविद्यालय र रोवोटिक्स एसोसियसन अफ नेपालको संयुक्त आयोजना एवं लेखनाथ नगरपालीकाको सहकार्यमा यही असोज ६ गते यन्त्र २.२ पोखरा, पश्चिमाञ्चल क्षेत्रीय स्तरको रोवटिक्स प्रतियोगिता हुने भएको छ । सुचना प्रविधीको बिकासवाट नै देशको बिकास सम्भव भएको बताउँदै प्राविधीक शिक्षा पढ्दै गरेका विध्यार्थीहरुको क्षेमता बृद्धी गर्न एवं विद्यार्थीहरुलाई रोवटिक्स सम्बन्धी विविध जानकारी दिने उद्देश्यले सो प्रतियोगिताको आयोजना गरिएको रोवोटिक्स क्लब, पोखरा विश्वविद्यालयका उपाध्यक्ष एवं यस प्रतियोगिताका सम्योजक सुदिप फुयाँलले बताए ।
पश्चिमाञ्चल विकास क्षत्रका प्राविधीक विषय अध्ययनरत विद्यार्थी एवं १०+२ का विद्याथीको समेत सहभागिता हुने सो प्रतियोगिता यन्त्र रेसर एवं यन्त्र अखडा गरी दुई समुहमा हुने भएको छ । पश्चिमाञ्चल क्षत्रकै पहिलो रोवोटिक्स प्रतियोगिता भएकाले विद्यार्थीहरुको यस कार्यमा प्रोत्साहित गर्नुपर्ने लेखनाथ नगरपालीकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेलले बताए ।
पश्चिमाञ्चलमा सुचना तथा प्रविधीको बिकासमा टेवा पुर्याउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा कास्की, नवलपरासी, रुपेन्देही लगाएतका विद्यार्थीहरुको सहभागिता रहनेछ । यसअघी काठमाडौमा यन्त्र १.० , यन्त्र २.० र बिराटनगरमा यन्त्र २.१ प्रतियोगिता भईसकेका छन् भने कार्तिक २८–२९ मा राष्ट्रिय स्तरको रोवोटिक्स प्रतियोगिता यन्त्र ३.० का लागी पनी यन्त्र २.२ ले सहयोग पुर्याउने बताईएको छ ।

Comments

Leave a Reply

Your email address will not be published.