Bitter Truth of Nepal

आजको ‘कान्तिपुर’मा प्रकाशित यो तस्बीरले बन्दको आतंकले पिल्सिएका सबै नेपालीको पिडा बोलेको छ।
यो तस्वीर हाम्रो देशकै प्रतीक हो। हाम्रा पत्रु दलहरुले देशलाई यस्तै बनाईदिएका छन्। घाईते बनाएर र भाँचिन आँटेको वैशाखीमा टेकाएर हिँडाईरहेछन्। के को सजाय दिईरहेछन् यिनीहरु देशलाई????
strike in nepal
हिजो ड्याश माओवादीले आयोजना गरेको बन्द नामक आतंकका कारण सात किलोमीटर हिँड्नुपर्ने बाध्यतामा पुगेकी यी चेली र उनीजस्तै अरु बनेर हाम्रा नेताहरुले कहिल्यै सोचेका छन्? किन न्यूनतम संवेदना पनि नभएका निर्दयी यन्त्र बन्दै गैरहेका छन् हाम्रा नेता र तिनका कार्यकर्ताहरु? फेरि बन्द नामक आतंकका कारण जनताले भोग्नुपर्ने पिडाहरु अरु पनि धेरै छन्। श्रमजीविहरु भोकै पर्छन्, कति रोगीहरु अस्पताल पुग्न पाऊँदैनन्, देशको उत्पादकत्वमा पर्ने नाकरात्मक असरको कुरै नगरौं। फेरि, यस्ता बन्द र आतंकले हुर्कँदै गरेका कलिला मष्तिष्कमा पर्ने असर झन् घातक छ। जो-जो यो देशका लागि राजनीति गरीरहेका छौं भन्छन् उनीहरुलाई एउटा स्वस्थ र खुशी भावी पुस्ता चाहिन्छ कि चाहिँदैन भोलि राजनीति गर्न? के उनीहरु देशलाई चिहानमा गाडेर त्यहि चिहानमाथि नाचेर क्रान्तिको उत्सव मनाउन चाहन्छन्? नत्र खोई नेपाल र नेपालीको भविष्यप्रति उनीहरुको ईमान्दारी????


Every Nepalese must feel this photograph taken by kantipur and everyone must understand these heart touching real feelings and these type of strikes must not be done.  Full credit geos to Dr. Basanta Gautam

Comments

Leave a Reply

Your email address will not be published.