Ghost in Newroad (with video)

भूतको हल्ला

Ghost in Newroad ? खासमा भएको चैँ के थियो त?

कुरा एभिन्युज टेलिभिजनसँग जोडिएको थियो। त्यसैले त्यहाँका साथीलाई सोधेँ। अनि पो बल्ल कुरा थाहा भयो। खासमा भएको चैँ के रहेछ भने न्युरोडको एउटा घरमा भूत छ भन्ने कुरा सुनिएकोले यस विषयमा एउटा रिपोर्ट बनाउने कुरा भएछ। वास्तु नमिलेकोले पो त्यसो भएको हो कि भनेर रिपोर्ट बनाउन लागेका रहेछन्। त्यसका लागि एभिन्युजका क्यामेराम्यान बासु सत्याल र वास्तुशास्त्री त्यो घरमा पुगेर भिडियो खिच्न थालेका रहेछन्।
भिडियो खिच्दाखिच्दै भूतले मान्छे समात्यो रे, पिट्यो रे भनेर हल्ला फैलन थालेछ। हल्ला एक कान दुई कान मैदान हुँदैहुँदै थाम्नै नसक्ने भीड जम्मा भएछ। एभिन्युजका साथी भन्छन्- कसैलाई पिट्या छैन, कोही घाइते भा छैन। मान्छे भीड भएर प्रहरीले लाठिचार्ज गरेर घाइते भएको भए थाहा छैन।
न्युरोडका पसलहरु दिउँसै बन्द भए भनेर हल्ला भए पनि त्यहाँ हेर्दा त्यही घर एउटाको पसल बाहेक अरु खासै बन्द थिएनन्। नजिकै जोडिएको घरका पसले र मान्छेहरु निस्फिक्री थिए। कोही कोही चाहिँ भाडा घटाउनलाई यस्तो हल्ला फैलाएको शंका गर्दै थिए। भूपि शेरचनले त्यसै नेपाललाई हल्लैहल्लाको देश भनेर लेखेका हैन रहेछन्।


Source: http://www.mysansar.com/archives/2012/04/id/25603

New update:

Hundreds of people were in the road with a ghost hoax in a empty house opposite Pipalbot, Newroad. Rumor was like a person was beaten by Ghost in the house after which the shops were also shut down including one below the house. People were even sharing a person was thrown from the house by the Ghost. From sometime, People believed the house to be a haunted house, so there was no business running in there. The event got social media attention with tweets and status updates.

Comments

Leave a Reply

Your email address will not be published.